समाजलाई दुर्घन्धित बनाउने हरेक क्यान्सरलाई जरै देखि उल्मुलन गर्छु : काठमाडौं प्रहरी प्रमुख सुवेदी

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले समाजलाई दुर्घन्धित बनाउने हरेक क्यान्सरलाई जरै देखि उल्मुलन गर्ने बताएका छन् ।

सामुदायिक प्रहरी साझेदारी चन्द्रागिरी पालिका समितिकाे अायाेजनामा सञ्चालित स्थानीय र प्रहरी बिच छलफल तथा अन्तक्रिर्या कार्यक्रममा बाेल्दै काठमाडौं प्रमुख सुवेदीले काठमाडौंमा गुडागर्दि,लागुअाैषध काराेवारी,बिचाैलिया,चाेरी ठगी विरुद्ध कडा रूपमा प्रस्तुत हुने बताएका हुन । उनले भने,

प्रहरी समाजकाे विकृति न्युनिकरण गर्ने घर देखि सुरू गर्नु पर्छ
अहिलेकाे मुख चुनाैती भनेकै सामाजिक विकृति हाे । सवै एेकिकृत भएर समाजलाई सव्य र शान्ति बनाउनु पर्छ । बिधालय अाधारितमा कार्यक्रम लागू गर्नु पर्याे ।हाम्राे नारा भनेकै सव्य समाज, शान्ति समाज हाम्रो चाहाना हाे ।”

काठमाडौ प्रहरी प्रमुख सुवेदीले ‘विश्वका अरु देशको राजधानीभन्दा नेपालको राजधानी काठमाडौं आपराधिक क्रियाकलाप कम हुने राजधानीमा पर्छ, यो सन्देश विश्वमा लैजानु जरुरी छ,’उनले भने।

समुदायसँग सहकार्य गरेर शान्तिपूर्ण समाज निर्माण गर्न काठमाडौं प्रहरी लाग्ने उनको भनाइ छ ।

चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरी भित्र देखिएको विकृति अन्त्यका लागि सवै सँग छलफल गरेर अगाडि बढ्ने बताए । उनलेे समाजलाई भय रहित सव्य शान्ति समाज निर्माणकार्यमा अाम नागरिक र स्थानीय निकाय बिच समन्वयात्मक भुमिका रहने चर्चा गरे ।

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्का क्षेत्रीले शान्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि नेपाल प्रहरी र आम नागरिकको उत्तिकै भूमिका रहेको बताए । “व्यक्तिलाई समाजले नै अपराधी बनाउने भन्दै राम्रो समाज निर्माण गर्नसके अपराधमा कमी आउँछ,”–उनले भने ।

कार्यक्रम चन्द्रागिरी नगरपालिका नगर प्रर्वत्ता हरि भक्त महर्जनले सामाजिक विकृतिका कारण समाजमा अपराध बढेको भन्दै यसको न्यूनीकरणका लागि प्रहरीसँग समुदायको हातेमालो आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रम सहभागी स्थानीयहरूले पछिल्लो समय लेनदेन, ठगी र बलात्कारका घटना बढेको भन्दै उक्त घटना न्यूनीकरणका लागि प्रहरीले कानूनी कठोरताका साथ काम गर्नु पर्ने, समाजमा हुने विकृति, विसंगती र अपराध नियन्त्रण गर्न स्थानीय सरकारले नेपाल प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने लगायतका सुझाव प्रस्तुत गरेका थिए ।