सरकारले फिर्ता लियो गुठी विधेयक

सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी विधेयक फिर्ता लिएको छ । व्यापक विरोध पछि मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्म कुमारी अर्यालले यस बारेमा जानकारी दिएकी हुन् ।

पत्रकार सम्मेलन पछि मन्त्री अर्यालको लेटरहेडमा प्रकाशित प्रेस बक्तव्य अनुसार नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यस्थित गर्न ल्याएको विधेयकबारे भ्रम सिर्जना गराउने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिस भएकोले यो विधेयक फिर्ता लिजे निर्णय गरेको उल्लेख गरेकी छिन् ।