सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा सुरु

  • रोशन दानी,

काठमाडौं, १९ पुष । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठूलो भ¥याङले नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) आइतबार बाट सञ्चालन ल्याएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठूलो भ¥याङ्गले कोनोराका कारण रोकिएको प्रयोगात्मक परीक्षा (ट्रायल) चन्द्रागिरीमा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.गुर्जुधारामा सुरू गरेको हो ।

उपत्यकामै कोरोनापछि आज (आइतवार) पहिलो पटक सेवा आरम्भ गरिएको ठूलो भ¥याङ्ग कार्यालयले जनाएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठूलो भ¥याङ्ग कार्यालय प्रमुख सञ्जय थापाले कोभिड–१९ ले गर्दा रोकिएको लिखित परीक्षा पास भएका तर परीक्षा दिन नपाएका परीक्षार्थीहरू ८१५ जनामध्ये पालो अनुसार ट्रायल दिने व्यवस्था मिलाइएको बताए ।

कार्यालय प्रमुख थापाले भने, ‘हामीले कोभिडको जोखिमलाई न्यूनीकरण गर्न उच्च मापदण्ड तय गरेका छौं । हाम्रो ट्रायल परीक्षा गुर्जुधाराको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर गुर्जुधारामा हुन्छ । तीन चरणको परीक्षार्थी कक्ष रहेको छ । एक पटकमा तीनओटा कक्षमा १०–१० जनाको बस्ने र पालो अनुसार मास्क र सेनेट्राइजर हातमा र गाडीको स्टेरिङ्गमा लगाएपछि मात्र परीक्षा दिन पाइनेछ ।’

भौतिक योजना तथा यातायात मनत्रालय बागमती प्रदेशका अधिकृत प्रकाश अधिकारीका अनुसार ठूलो भ¥याङ्ग अन्तर्गत भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि गुर्जुधारामा रहेको ट्रायल सेन्टरमा आम नागरिकहरूका लागि व्यवस्थित तरिकाले ट्रायल दिने व्यवस्था मिलाइएको बताए ।

९ महिनादेखि रोकिएको परीक्षा सञ्चालन भएपछि आम सेवाग्राहीहरू पनि हर्षित भएका छन् । आजैबाट कार्यालयले नयाँ दर्ता भिजिट मिति समेत तय गरेको छ । दैनिक ठूला साना गरी ३ सय जनाले अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको ठूलो भ¥याङ्गले जनाएको छ ।

सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मन्त्रालयले सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिसकेको छ । लकडाउन अगाडि लिखित परीक्षा दिएर पनि ट्रायल दिन नपाएपछि व्यापक जनगुनासो बढेको थियो ।

यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङको स्वीकृतिमा सञ्चालित नेपालको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ । एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए । उनले भने, ‘प्रयोगात्मक परीक्षार्थीका लागि सामाजिक दूरी अनिवार्य कायम गरिएको छ । ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।’

सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थ नीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए ।

उनले भने, ‘न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ । निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो ।’

भेहिकल एकेडेमीका सञ्चालक देवेन्द्र प्रधानले आम नागरिकहरूलाई उच्च सेवा सुविधासहितको गुणस्तरीय सेवा प्रदान गर्नु नै कम्पनीको लक्ष्य रहेको बताए । प्रधाननले यातायात व्यवस्था विभाग र प्रदेश सरकार समन्वय र तालमेल नमिल्दा परीक्षार्थीहरूले दुख पाएको बताए ।

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा समेत आर्थिक सङ्कट परेको जनाइएको छ ।

‘सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमीले चरम आर्थिक समस्यामा परेको हो । सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र प्रयोगात्मक परीक्षा पुनः सञ्चालन सुरु गरेका हौं । हामी चरम आर्थिक सङ्कटमा छौँ । सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौँ’, एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भने ।

एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा चन्द्रागिरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याइएको जानकारी दिए ।