सतुंगलमा गाडीको ठक्कर बाट एक जनाको मृत्यु

चन्द्रागिरि, चन्द्रागिरि नगरपालिका वडा न १० सतुंगल, धौलागिरी आवास क्षेत्रमा बा ५ ख १२७२ नम्बरको राजधानी यातायात गाडीले ठक्कर दिदा घाइते भएका च.न.पा वडा ९ मछेगाउँ बसोबास गर्दै आएकी ६५ वर्षीय लक्ष्मी माया महर्जनको उपचारको क्रममा अस्पतालमा निधन भएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) महेन्द्र नापलले जनाएको छ ।

साथै घटनाबारे थप अनुसन्धान भई रहेको नेपालले जानकारी दिनु भएको छ ।