
- 93Shares
यही आँउदो कार्तिक १ गतेको दिन HELPING AND WORKING ARMS को संयुक्त आयोजना तथा लायन्स कल्ब अफ काठमाडौँको साथमा नेपाल रेड क्रस सोसाइटीले बिहान १० बजे देखि दिनको २ बजे सम्म बृहत रक्तदान कार्यक्रम सन्चालन गर्ने भएको छ। यो कार्यक्रम चन्द्रागिरी न.पा. वडा नं १० मा अवस्थित बोसिगाउँ खेले(बुद्ध चौर) मा आयोजना हुँदैछ।
बिभिन्न क्षेत्रका बिशेष अतिथिहरुको उपस्थितिमा सन्चालन हुनगईरहेको यस सामाजिक कार्यको प्रमुख उदेश्य भनेको दशैँ (घटस्थापना)को शुरुवात अरुको जिवन बचाएर गरौं भन्ने तथा बिव्श्वब्यापी रुपमा कोरोना भाइरस ( कोविड-19) को प्रकोपले गर्दा बिरामीहरूको लागि रगत आपूर्तिमा असहज हुने कारणले गर्दा साथै ब्लड बैंकमा रगतको अभाव हुन नदिने हेतुले सो कार्यक्रमको आयोजना गरिने कार्यक्रमका सचिब निक्सन महर्जनले बताए।
साथै उनको अनुसार हामी एक जुड भएर गर्दा धेरै जनसहभागिता हुने र धेरै रगत संकलन गर्न सकिने र धेरैको ज्यान बचाउन ठुलै टेवा पुग्ने बताए।
- 93Shares
Comments
