रवि लामिछाने ५ लाख धरौटीमा रिहा

काठमाडौं , ९ भदौ । अन्ततः चर्चित सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन् । पूर्व सहकर्मी शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले दुरुत्साहनको अभियोग लगाएर प्रहरीले पक्राउ गरेको लामिछानेसहित टिभी जर्नलिष्ट युवराज कँडेललाई ३ लाख र अर्की आरोपी अस्मिता भन्ने रुकु कार्की पनि सामान्य तारेखमा रिहा भएका छन् ।

गत साउन २० गते चितवनको कंगारु होटलमा मृत अवस्था फेला परेका पुडासैनीले आफ्नो आत्महत्यामा लामिछानेसहित कँडेल र कार्कीलाई दोषी देखाएका थिए । प्रहरी, सरकारी वकिल र चितवन जिल्ला अदालतसंगको वयान पछि आजै गरिएको थुनछेक वहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले न्यूज २४ का सीधाकुरा जनतासंग कार्यक्रमका सञ्चालक लामिछानेलाई ५ लाख धरौटीमा छाड्ने निर्णय गरेको हो ।

यस्तै कँडेललाई ३ लाख धरौटीमा रिहा भएका छन् । तर लामिछानेलाई देश वाहिर जाँदा अदालतको अनुमति लिनु पर्ने आदेश दिएको छ । लामिछानेको रिहाईसंग उनका समर्थकहरुले सत्यको जित भएको भन्दै खुसियाली मनाउन थालेका छन् ।