
- 507Shares
चन्द्रागिरी,
महानगरिय प्रहरी प्रभाग बलम्बुले ५ सय लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ १२०० लिटर नष्ट गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा न ५ स्तिथ यातायात कार्यलय नजिकै जिल्ला धादिङ थाक्रे गा.पा. घरभई हाल च.न.पा. ५ यातायात नजिकै डेरा गरी बस्ने बिर बहादुर तामाङ र जिल्ला मकवानपुर डाडाखर्क गा.पा. ३ घरभई हाल च.न.पा.५ बस्ने माया तामाङको घरमा अवैध रुपले सञ्चालित घरेलु मदिरा घरहरुमा प्रहरीले चेकजाँच गर्दा दुवैको घरबाट बिक्री बितरणको लागि राखिएको तयारी अवैध घरेलु मदिरा बरामद भएको उक्त परिणामको मदिरा र कच्चा पदार्थ नष्ट गरेको हो ।
अवैध घरेलु मदिराको कारण घरेलु हिंसा बढेको र अपराधिक गतिविधि बढेको हुँदा घरेलु मदिरा नियन्त्रण अभियान सुरू गरेको प्रहरीले बताएको छ ।
अवैध घरेलु मदिरा नष्ट गर्दा चन्द्रागिरि नगरपालिका वडा न ५ का वडा अध्यक्ष कान्छा भाइ महर्जन उपस्तिथि थिए।


- 507Shares
Comments
