इन्द्रदह,मातातिर्थ र मछेंगाउँमा धार्मिक मेला लाग्ने साथै पर्यटनका माध्यमबाट आर्थिक विकास गर्ने

चन्द्रागिरि,फागुन ११ । दोस्रो इन्द्रदह पर्यटन उत्सब अवसरमा आफ्नो धारणा राख्दै चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरीले चन्द्रागिरी नगरपालिका एउटा एतिहासिक, धार्मिक र सास्कृतिक महत्व वोकेको स्थानका रुपमा मात्र नभई पर्यटनको क्षेत्रमा पनि देशकै उत्कृष्ट नगरपालिका हुन सक्ने बताएका छन् ।

आफ्नो नगरपालिका भित्र ३ वटा इन्द्रदह,मातातिर्थ र मछेंगाउँ जस्ता राष्टियस्तरका धार्मिक मेला लाग्ने र काजि कालु पांडेको समाधिस्थल जस्ता स्थानहरु रहेको हुँदा यो एतिहासिक र धार्मिक र सास्कृतिक महत्व वोकेको नगरपालिकाका साथ साथै अन्तरास्ट्रिय,रास्ट्रियस्तरमा चिनाउने थुप्रै ठाउँ रहेको आफ्नो नगरपालिका अब पर्यटनका माध्यमबाट आर्थिक विकास गर्ने जमर्को गरिरहेको हुँदा सबैको साथ पाए अवस्य पनि सार्थकता पाउने बताए ।

चन्द्रागिरी नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याए सम्म बिकास निर्माण लगाएतका काम गरिरहेको तर यसै नगरपालिका भएर देशका अन्य भागमा आवतजावत गर्ने प्रमुख राजमार्गको अवस्था जिर्ण रहेको हुँदा र चन्द्रागिरी नगरपालिका भित्र देशकै पहिलो सुरुंग मार्गको निर्माण अन्तिम चरणमा रहेको साथै हेटौडा जाने छोटो बाटोको काम छिटोभन्दा छिटो काम सम्पन गराउन सके नगरपालिका धुवा धुलो बाट मुक्त हुने र यहाका जनतालाई निकै राहत पुग्ने तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

चन्द्रागिरी नगरपालिकाले भर्खरै कोरियाको एउटा संस्थाको सहकर्यमा युनिक टेक्नोपार्क स्थापना गरि यहाँका जनताहरुलाई रोजगारी सिर्जना गर्न लागिरहेको हुँदा अरबौं रुपैयाको लगानीमा टेक्नोपार्कबाट अत्याधुनिक फर्निचर उद्योग स्थापना गर्ने र अत्याधुनिक फर्निचर निर्यात गर्ने स्थानीयलाई रोजगारीको सिर्जना गर्ने सकने काम अघि बढाइएको हुँदा प्रशासनिक काम बाट उक्त काम ढिला भै रहेको हुँदा चन्द्रागिरी नगरपालिकाको कार्यपालिकाको बैठक बाट निर्णय भै बनाउन लागेको यस टेक्नोपार्क निर्माणमा कानुनीरुपका अप्ठ्याराहरु छिटै सहजीकरण गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्दै यो टेक्नोपार्कबाट अत्याधुनिक फर्निचर उद्योग निर्माण गर्न सके चन्द्रागिरी नगरपालिका देशकै स्वरोजगार र आत्मनिर्भर नगरपालिका बन्न सक्ने बताए । उनले चन्द्रागिरी नगरपालिकाको दिगो बिकासका लागी नेपाल सरकार र सबैबाट सहयोग प्राप्त हुने विस्वास रहेको बताए ।