गणतन्त्र नाउरका राष्ट्रपति र फिलिपिन्सकि उपराष्ट्रपति चन्द्रागिरिकाे अनाैपचारिक भम्रण । चन्द्रागिरिले लाेभ्यायाे उपराष्ट्रपति मारीया ।

काठमाडौ /१६ मंसिर राेसन दानी

गणतन्त्र नाउरका राष्ट्रपति बराेन डिभाभेसी र फिलिपिन्सकि उपराष्ट्रपति मारीया लियाेनर जि राेव्रेडाेले चन्द्रागिरिकाे अनाैपचारिक भम्रण गरेका छन् ।

शनिवार उच्च सुरक्षा सहित भम्रणमा पुगेका गणतन्त्र नाउरका राष्ट्रपति बराेन डिभाभेसीले नेपालकाे उत्कृष्ट पर्यटकीय दृष्टिकोणले चन्द्रागिरि अनुपम र पर्यटकीय हिसावमा सुन्दर र अाकर्षक गन्तव्यमा अाउन पाउँदा अाफु ज्यादै खुशी तुलाएकाे वताए । करिव १ घण्टा ४० मिनेट चन्द्रागिरिमा रहेका नाउराका राष्ट्रपति डिभाभेसीले चन्द्रागिरि हिल्सले दिएकाे अातिथ्यता महत्त्वपूर्ण र यहाँकाे उपस्थिति स्मरणीय रहने वताए ।

फिलिपिन्सकि उपराष्ट्रपति मारीया लियाेनर जि राेव्रेडाेले चन्द्रागिरि हिल्समा रहेकाे भालेश्वर मन्दिरमा पुजा अर्चना गर्दै टीका ग्रहण गरेकी हुन् । उनलेे करिव १ घण्टा ३० मिनेट प्राकृतिक दृष्याअवलाेकन गर्दै चन्द्रागिरिका मेयर घनश्याम गिरी र चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाल संग त्यहाकाे वस्तुस्थिति वारे जानकारी मागेकाे थिईन । उनलेे चन्द्रागिरिकाे विकासकाे वारेमा घुमाउराे तरिकाले वाटाेकाे अवस्था दैनिय वनेकाे कारण चिन्ता व्यत्त गरिन । उनले चन्द्रागिरि प्राकृतिक एेतिहासिक र भाैगाेलिक अवस्था वारेमा जानकारी माग्दै चन्द्रागिरि वाट देखिने मनमाेहक दृश्यले अाफुलाई खुप लाेभाएकाेर अागामी दिनमा परिवार संग घुम्न अाउने वताईन । चन्द्रागिरि हिल्स पुगेर अान्नद संग हिमाल हेर्दै रमाउदै फाेटाे खिच्दै गरेकी उपराष्ट्रपति मारीयाले अागामी दिनहरूमा चन्द्रागिरिकाे पर्यटन विकासमा फलदायी हुने संकेत गरिन ।चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाले विदेशी प्रमुखहरूकाे यस्तो भम्रणले नेपालकाे पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश जाने वताए ।

अध्यक्ष ढकालले देशकाे विकास समृद्धिमा राष्ट्र प्रमुख उपप्रमुखहरूकाे चन्द्रागिरि हिल्सकाे भम्रणले समग्र पर्यटन क्षेत्रकाे विकासमा काेसेढुङ्गा सावित हुने वताए । चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरीले उपराष्ट्रपति मारिया संग चन्द्रागिरिकाे वस्तुस्थिति वारे जानकारी दिए ।उनलेे विदेशी राष्ट्र प्रमुख र उपराष्ट प्रमुखकाे स्वागत गर्न पाउनु चन्द्रागिरि नगरकाे स्वभाग्य रहेकाे वताएका थिए ।