चन्द्रागिरीस्थित मसिने भीरबाट मिनिट्रक खस्यो, २ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । चन्द्रागिरी वाडभञ्ज्याङ्ग मसिनेमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ ।
दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३/२४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहचिान खुलेको छैन । उनीहरुले सडकसम्बन्धी काम गर्ने गर्थे ।
‘सडकबाट ट्रक र मृतकहरुको शव देखिएको छैन्,’ घटनास्थल महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बताए । उनले भने, ‘भीरमा कोही पनि जानसक्ने अवस्था छैन । डोरी मगाएर उनीहरुको शव निकाल्ने तयारी भइरहेको छ । बाटाे अफ्ट्यारो र भिर भएकाे कारण उदारमा कठिनाइ भईरहेकाे चन्द्रागिरि नगरपालिका वडा नम्बर २ वडा अध्यक्ष गाेपी सुर्खेतीले बताए ।