थानकाेट प्रहरीले हराएका बिद्यार्थीकाे सकुशल उदार

काठमाडौ । वैशाख १५ महानगरीय प्रहरी वृत्तकाे थानकोटकाे नेतृत्वमा गएकाे टाेलीले हराएका बिद्यार्थीकाे सकुशल उदार गरेकाे छ । त्रिचन्द्र क्याम्पसकाे विएस सि दाेश्राे वर्षमा अध्ययनरत ९ जनाकाे छात्र,छात्रालाई घनाजगंल वाट प्रहरीले सकुशल उदार गरेकाे हाे ।त्रिचन्द्र क्याम्पस वाट वनस्पति सम्वनधी अध्ययनका लागि मकवानपुर तर्फकाे टाेखेल चन्द्रागिरिमा करिव दुई ३० मा हराएकाे भने सुचनाकाे अाधारमा प्रहरीले वेलुकी ९ वजे जङ्गल वाट उदार गरिएकाे महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले वताए । प्रहरीका अनुसार हराउनेमा उत्तम खड्का,समीक्षा महत,सविता खनाल,अम्रित खनाल ,सन्देश लम्साल,विनिसा महर्जन, सचिन नेपाल,ईन्द्रिरा श्रेष्ठ र सविन थापा मगरलाई उदार गरिएकाे प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए । उदारमा एक दर्जन प्रहरी परिचालन गरिएकाे थियाे । उदार गरिएका बिद्यार्थीहरूलाई परिवारकाे जिम्मा लगाई पठाउने कार्य भईरहेकाे छ ।