थानकोट रुटमा पनि सिन्डिकेट तोडियो ।

स्थानीयले फुलमाला सहित स्वागत गर्दै, थानकोटरुटमा पनि मयुर यातायातले सिन्डिकेट तोडिएको छ ।  सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले शुक्रबार क्यू फ्री गरेको छ । क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् । तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन ।

सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका केही यातायात व्यवसायीहरुले गाडी नचलाएपछि यातायात व्यवस्था विभागले लामो तथा छोटो दुरीका बिभिन्न रुटमा गाडी चलाउने व्यवस्था मिलाएको जनाएको छ । कम्पनीमा दर्ता भएका केही व्यवसायीहरुले गाडी चलाए पनि सीमित गाडीमा यात्रुको चाप अत्यधिक देखिएको छ ।