दोश्रो देवदर्शन कप ब्याडमिण्टनको फाइनल सोमबार, विजेतालार्इ २० हजार रूपैँँया पुरस्कार

चन्द्रागिरि ।

देवदर्शन बचत तथा ऋण सहकारी संस्था लि. को नवाैँ वार्षिकोत्सवका अवसरमा अायोजित दोश्रो देवदर्शन कप ब्याडमिण्टन प्रतियोगिताको उपाधी छिनो फानो सोमबार हुने भएको छ । शनिबार सम्पन्न सेमीफाइनल खेलहरूमा क्रमश शिवशरण महत र राजन  महत तथा पुष्ष खड्का र पवन अधिकारीको टोली फाइनल प्रवेश गरेका छन् ।

शिवशरण महत र राजन महतको जोडीले यादव खवास र हरिकुमार खत्रीको जोडी विरूद्ध १९-२१ २१-१६ र २१-१० को जित निकाल्दै उपाधी नजिक पुगेका हुन् । त्यस्तै शनिबार नै भएको दोश्रो सेमीफाइनल खेलमा सविन श्रेष्ठ र राजकुमार पोखरलको जोडीलार्इ २२-२०, १९-२१ र १६-२१ को सेटमा पराजित गर्दै पुष्ष खड्का र पवन अधिकारीको जोडी फाइनलमा प्रवेश गर्यो । तेश्रो स्थान तथा उपाधी भिडन्त सोमबार बिहान ५ः३० बजे साबिक महादेवस्थान गा.वि.स को प्राङ्गणमा हुने देवदर्शन साकोका अध्यक्ष रामनारायण घिमिरेले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए ।

प्रतियोगिताको विजेता जोडीले बीस हजार, उपविजेता जोडीले दश हजार, तेश्रो हुने जोडीले ५ हजार नगद पुरस्कार सहित मेडल तथा ट्रफी प्राप्त गर्नेछन् ।