वडा अध्यक्षकाे तलब भत्ता शिक्षा काेषलाई

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका वडा नं ८ का वडा अध्यक्षले अाफुले पाउने सम्पूर्ण तलब भत्ता सामाजिक सेवामा सहयोग गर्ने घाेषणा गरेका छन् । नवनिर्वाचित वडाअध्यक्ष सन्ताेष खड्काले अाफुले जनप्रतिनिधिको हैसियतमा पाउने सबै तलब भत्ता सुविधा शिक्षा काेषका लागि सहयाेग गर्ने चन्द्रागिरिन्यूज लाई जानकारी दिए साथै खड्काले साे काेषका लागि सहयोगकाे अपिल समेत गरेका छन् । वडा अध्यक्ष खड्काकै पहलमा शिक्षा काेष स्थापना गरिएकाे छ जसले वडा भित्रका कमजोर अार्थिक अवस्था भएका परिवारका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछ ।