सद्भाव नेपाल सामाजिक कार्यमा सक्रिय

चन्द्रागिरि,

अछाम जिल्लाबाट कामको खोजिमा काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं ६ मा डेरा गरी बसिरहेका दुईजना चेलीहरु किरण शाहि र जानुका शाहीलाई हाल मुलुकभर चलिरहेको लकडाउनका कारण दैनिक जीवन यापनमा समेत समस्या आएको हुँदा उहाँहरुको लागि हाम्रो सद्भाव नेपाल र चन्द्रागिरी चेम्बर अफ कमर्सका अध्यक्ष राम नारायण घिमिरेको तर्फबाट राहत वितरण गरिएको छ ।

उनीहरुलाइ चाहिने रासन, ग्याँस चुल्हो र विभिन्न दैनिक प्रयोजनको लागि अत्यावश्यक सामाग्रि सहयोग गरिएको थियो । सद्भाव नेपालका अध्यक्ष अभिषेक श्रेष्ठले लकडाउनका कारण यसरी दुःखमा परेकारुले आफ्नो गाह्रो साह्रो फुकाउन आफूहरु तयार रहेको बताउनुभयो ।
खान नपाएर कोही पनि भोकै नरहुन् हाम्रो संस्थाको उद्देश्य नै यही हो – उहाँको कथन थियो ।