नागढुङ्गा सुरूङमार्ग पीडित संघर्ष समिति गठन

चन्द्रागिरि ।

नागढुङ्गा सुरूङसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीयहरू संगठित भएका छन् । रवि श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन भएको हो । समितिमा प्रजिवन प्रधान, गोकुल पाठक, शरद कुमार कुँवर, दिल बहादुर श्रेष्ठ, सिता पोखरेल भोलानाथ महर्जन, विष्णु श्रेष्ठ, सविना खड्का, दिल बहादुर थापा, दुर्गा गुरूङ, रामलाल श्रेष्ठ, प्रकाश जीसी लगायत रहेका छन् ।

नागढुङ्गा नजिक निस्कने भनिएको सुरूङमार्ग सम्मको पहुँच मार्ग (पुग्ने बाटो) कहाँ र कसरी पुर्याइने हो भन्ने विषयमा सरोकारवाला स्थानीय बासीलार्इ कुनै जानकारी नदिइएको भन्दै संघर्ष समितले शुक्रबार छलफल कार्यक्रम राखेको जानकारी चन्द्रागिरिन्युजलार्इ प्राप्त भएको छ ।

अायोजनाबाट वास्तविक रूपमा प्रभावित तथा पीडित जग्गा धनीहरू को हुन, कुन स्थानीयको भैतिक सम्पतीमा कति क्षति हुनसक्ने हो भन्ने विषयमा विस्तृत विवरण सार्वजनिक नभएको भन्दै संघर्ष समितिले चन्द्रागिरि नगरपालिकामा ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।  पत्रमा अायोजनाका बारेमा विस्तृत जानकारी प्राप्त नभएसम्मका लागि सुरूङ पहुँच मार्गको निर्माणका लागि कुनै पनि गतिविधि सञ्चालनमा रोक लगाउन समेत संघर्ष समितिले माग गरेको छ ।

स्थानीयहरूको घरजग्गाको कम भन्दा कम क्षति हुनेगरि निर्माण हुने पर्नेमा एकलैटी तरिकाले निर्माणको निर्णय भएको  संघर्ष समितिका संयोजक रवि श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

चन्द्रागिरिन्यूजलार्इ प्राप्त विज्ञप्ती हेर्नको लागि यता क्लिक गर्नुहोस् ।