चन्द्रागिरि नगरपालिकामा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि

  • 380
    Shares

१८ भदौ, काठमाडौं । साथै पछिल्लो २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा  २७ जना कोरोना संक्रमित भेटिएका छन् ।

चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १५१ पुगेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जन अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या १५१ पुगेको हो।

संक्रमण पुष्टि भएकामध्ये ५६ जना निको भएका छन् भने ३३ जना अस्पतालमा र घरमा ६१ जना उपचार भइरहेको छन् ।

साथै संक्रमण पुष्टि भएकामध्ये  ९६ जना पुरुष, ५५ जना महिला र २ जना बालबालिका रहेको छन्।

साथै चन्द्रागिरि नगरपालिकामा मृत्युको संख्या १ पुगेको छ।


  • 380
    Shares

Comments

comments