काठमाडौ, बैशाख ३ ।

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाने र फर्कने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रपति भण्डारीकाे भारत भ्रमणको तालिका स्वीकृत पनि गरेको छ ।

फाइल फाेटाे

भण्डारीले भारतमा समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग शिष्टाचार भेट गर्ने बताइएको छ । उनी शुक्रबार नेपाल फर्कनेछिन् ।