अाज उम्मेदवारको मनोनयन दर्ता गर्दै दलहरू, उम्मेदवारको टुंगो अझै लागेन

चन्द्रागिरि ।

अासन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ४५ जिल्ला मा बिहीबार उम्मेदवारको मनोनय दर्ता गरिँदै छ । काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नं. १० को मनोनय वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कायम गरिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेबाट साँझ ५ बजेसम्म दर्ता गर्न सकिनेछ ।

काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नं. १० बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका राजेन्द्र कुमार केसी, वाम गठबन्धका तर्फबाट नेकपा माअोवादी केन्द्रका हितमान शाक्यको नाम छनोटमा परिसकेको छ । वाम गठबन्धनको प्रदेश १० क को प्रत्यक्षमा नेकपा माअोवादी केन्द्रका दिलिप महर्जन छनोटमा परेका छन् ।

१० ख मा नेकपा एमालेका उम्मेदवार अझै टुंगो लागेको छैन्, विनोद श्रेष्ठ, रमा अाले, जनक रिजाल मध्ये १ जनाले टिकट पाउने बुझिएको छ ।  नेपाली काँग्रेसले पनि उम्मेदवारको टुंगो लगाउन नसकेको बुझिएको छ यद्यपी बिहीबार बिहान बिहानसम्म उम्मेदार टुंगो लाग्ने बताइएको छ ।