कंलकी नागढुङगा सडकको विजोग, धुलोमै जाने भो जिन्दगी ।

रोसन दानी ,काठमाडौं
 राजधानीको कंलकी त्रिपुरेश्वर– कलंकी–नागढुंगासडक विस्तार सुरु भएपछि यो बाटो हिँड्ने यात्रु र स्थानीय सडकको दुरावस्थाले आम नागरिक सास्ती व्यहोर्नु परेको छ । सडक विस्तार कार्य अलपत्र पर्दा आम नागरिक आजित छन्। राजधानीको धुलो र धुवाको कारण आम नागरिक फोक्सो र स्वासप्रस्वासको विरामी दिन प्रति दिन वढै गईरहेको एक तथ्याङकले देखाएको छ । सडकमा यातायातको साधान वाट निस्कने धुवा र सडकको धुलोका कारण आम नागरिक चपेटामा परिरहेका छन् ।बाटो हिँड्ने यात्रु र स्थानीय सडकको दुरावस्थाले भत्केको सडक धुलोले दिउँसै अँध्यारो हुन्छ । सडक विस्तार सुरु भएपछि यादुवैतिरको फुटपाथ भत्काएपछि बनेका खाल्डाले पैदल हिँड्न पनि सास्ती छ । सडक भत्काएर चाडौ वाटो मर्मत तथा कालो पत्र गर्न ढिला सुस्तीले गर्दा आम नागरिकहरु नरगिए जिवन जिउँन वाध्य पनि छन् । अत्याधिक सवारी साधन त्यहि माथी पनि सडकको धुलोका कारण सडक विस्तारको बहानामा अति नै सास्ती भयो,’गुर्जुधाराका राम नारायण घिमिरे भन्छन, ’विस्तारले प्रदूषण बढाउने, सर्वसाधारणलाई सास्ती दिने काम मात्र भयो, अरु केही भएन।’
करिब साढे ३ किलोमिटर दुरीको त्रिपुरेश्वर–कंलकी ६ लेन सडक निर्माण २८ महिनामासक्ने भन्दै आयोजनाले २०७२ साउन १ मा सडक विस्तार थालेको थियो। स्थानीयका अनुसार आयोजनाले विस्तारमा ढिलासुस्ती र सावधानी नअपनाउँदा ट्राफिक जाम, धुलो र सास्ती खेपिरहेका छन्।

आयोजनाले भने विस्तार कार्य तीव्र गतिमा भइरहेको दाबी गरेको छ। स्थानीयले विरोध गरेका ठाउँमा विस्तारकार्य अघि नबढे पनि बाँकी ठाउँमा धमाधम विस्तार भइरहेको वताउँदै आईरहेको छ ।

सडक मिचेर बनाइएका संरचना भत्काउने जिम्मा काठमाडौं विकास प्राधिकरणको हो। यसअघि स्थानीयले हालेको मुद्दामा अदालतबाट स्टे अर्डर जारी भएर कामा रोकिएको थियो।

आयोजनाले त्रिपुरेश्वर–कंलकीसँगै कंलकी–नागढुंगा सडक विस्तार थालेको छ। तीन वटा प्याकेजमा काम गरिरहेको कंलकी–नागढुंगा विस्तारमा समेत कामको गति सुस्त छ। ३० महिनामा निर्माण सक्ने गरी सुरु कंलकी–नागढुंगा ९ किमी सडक विस्तार एक वर्ष नाघ्दा समेत २५ प्रतिशत पनि काम भएको छैन। त्यस सडकखण्डमा पनि स्थानीयको अवरोधले काम रोकिएको आयोजनाले जनाएको छ। लेन मिचेर बनाएका घर स्थानीयले भत्काउन नदिएपछि सडक विस्तारले गति लिन सकेको छैन र सर्वसाधारण सास्ती खेप्न बाध्य छन्।

कलंकी–नागढुंगा सडक चार लेनसहित २२ मिटर फराकिलो बनाउन लागिएको हो। चार लेन सडकको बीचमा दुई मिटर फराकिलो हरियाली स्थान (ग्रिनबेल्ट) हुनेछ। सडकको दुवैतर्फ १.२ मिटर फराकिलो साइकल लेन हुनेछ। अपांग तथा दृष्टिविहिनमैत्री फराकिलो फुटपाथसमेत हुनेछ।

राजधानी सबैको बसीखाने र गरीखाने केन्द्र बनेको छ । मानिसहरु राजधानीमा जस्तो सुकै अवस्थामा पनि टिकेर खानु पर्छ भन्ने मान्यता राखेर थुप्रिरहेका छन् ।तर पछिल्लो सडक र सवारीको दुरावस्था र वातावरणीय प्रतिकुलताले यहाको जनजीवन नारकीय जस्तो देखिन थालेको छ ।मोटरसाईकलमा या गाडीमा हिड्ने जुनसुकै मानिसहरु सडकको धुवा धुलोको चिन्ताका बीच हिड्ने गर्दछन् ।राजधानीको त्रिपुरेस्वर कालीमाटी, कंलकी नागढुंगा होस या रिङ रोडका विभिन्न क्षेत्र बढ्दो धुवा धुलो , अस्तव्यस्तता आदिले मानिसहरु दिक्क हुने गरेका छन् तर यसको समाधान कसरी गर्ने भन्ने दिगो योजना सरकारले अझै पनि तय गर्न नसकेकाले भविष्यमा यो समस्या अझ जटिल नहोला भन्न सकिन्न । नागरिकहरु दिनै पछि नाकमुख छोपेर कहिले सम्म हिडिरहने सडकमा ?