पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पुस ३-नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको हो ।

निगमकाअनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मट्ट्तिेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । बुधबार राति १२ बजेबाट यो नयाँ मूल्य लागू हुनेछ ।

भारतीय आयल कर्पोरेशनको नयाा मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १ सय ३ रुपैयाँ भएको छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य समान ८१/८१ रुपैयाँ पुगेको छ ।
गत पुस १७ गतेपनि निगमले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।