बिर्तामोड तनावग्रस्त,प्रहरीसँगको झडपमा दुइ जनाको मृत्यु

विर्तामोडमा प्रहरीको गोली लागि दुइ जनाको मृत्यु भएको छ । झापा अर्जुनधारा नगरपालिकाका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई तत्काल कारबाहीको माग राख्दै र्यालीमा उत्रिएका स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागी एकको मृत्यु भएको हो । विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको समूहमाथि प्रहरीको गोली चलाएको थियो ।

झडपमा परी नरेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले जानकारी दिए। अहिले बिर्तामोड तनाबग्रस्त बनेको छ। प्रदर्शनकारीले विर्तामोड नगरपालिकाका मेर ध्रुव शिवाकोटीको बा १० च ३०६१ नम्बरको गाडी तोडफोड गरेका छन्।

दिउँसोदखि झापाको विर्तामोडमा अनिश्चितकालीन कफ्र्यु लगाइएको छ। झापा अर्जुधारा नगरपालिका ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको भन्दै स्थानीयले गरेको प्रदर्शन हिसात्मक बन्दै गएपछि कर्फ्यु लगाइएको हो।

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार मुक्तिचोकलाई केन्द्र मानी पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको हो।