सरकारी कर्मचारीको बढेकाे तलब हेर्नुस कस्काे कति छ (सूचीसहित)

काठमाडौं ५ साउन – चालु आर्थिक वर्षको वजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूकाे नयाँ तलवमान सुविधा सार्वजनिक गरेको छ । सरकारले वजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीको तलवमान औसत २५ प्रतिशत बढाएको थियो । राष्ट्रसेवक कर्मचारीको तलवका अतिरिक्त पेन्सन पनि बढेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान तथा सुविधालाई स्वीकृत गरेपछि अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो ।
नयाँ तलवमान अनुसार सबैभन्दा धेरै तलव राष्ट्रपतिकाे रहेकाे छ । उहाँकाे तलव जम्मा १ लाख ५० हजार ४५० रहेकाे छ । त्यस्तै उपराष्ट्रपतिको १ लाख ८ हजार ३०, प्रधानमन्त्रीको ७७ हजार २८० रहेकाे छ भने उपप्रधानमन्त्रीको ६५ हजार २००, मन्त्रीको ६० हजार ९७०, राज्यमन्त्रीको ५७ हजार ७८० र सहायक मन्त्रीको ५६ हजार ४९० रुपैयाँ पुगेको छ । याे तलवमान साउन १ गते देखि नै लागु भएकाे छ ।

हेर्नुस कुन कर्मचारीकाे तलव कति छ सूची

[embeddoc url=”https://chandragirinews.com/wp-content/uploads/2017/12/New-salary-1.pdf” download=”all”]