एमालेका उपाध्यक्ष वामदेव गौतम ७५३ मतले पराजित

काठमाडौं, मंसिर २४ ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ७५३ मतले पराजित भएका छन् । बर्दिया–१ बाट प्रतिनिधिसभाको उमेदवार बनेका गौतम कांग्रेसका सञ्जय गौतमसँग पराजित बनेका हुन् । सञ्जयले ४४ हजार ८२९ र वामदेवले ४४ हजार ७६ मत प्राप्त गरे ।

सिञ्चाइमन्त्रीसमेत सञ्जय गौतमसँग पराजित हुने वामदेव गठबन्धनको दोस्रो हेभिवेट हुन् । यसअघि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित भइसकेका छन् ।