काठमाण्डाै १० मा कुन उम्मेदवारले कति मत पाए ?

प्रतिनिधि सभा निर्वाचन २०७४ को नतिजा अाउने क्रम जारी छ । काठमाण्डाै ९ र १० मा क्रमश बामगठबन्धनका कृष्णगोपाल श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनका राजेन्द्र कुमार केसी ले जित हात पारेका छन् । काठमाण्डाै १० मा प्रतिनिधि सभाका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरि १५ उम्मेदवारले दाबेदारी प्रस्तुत गरेका थिए ।

निर्वाचन अायोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले २४,१९० मत प्राप्त गरि विजयी भए । नेकपा माअोवादी केन्द्रका हितमान शाक्यले २१, ९०७ मत प्राप्त गर्दा विवेकशील साझा पार्टीका प्रदिप ढकालले २००३ मत प्राप्त गरे । त्यस्तै नेकपा मालेका कृष्ण कुमार श्रेष्ठले १,७५७, नयाँ शक्ति पार्टी नेपालका पञ्चलाल महर्जनले १,१९५, नेपाली काँग्रेस बीपीका प्रणय सिंहले ९२७ मत प्राप्त गरे ।

नेपाल मजदुर किसान पार्टीका हरिकुमार महर्जनले ३६६, देशभक्त जनगणातान्त्रिक मोर्चा नेपालका सुरेश श्रेष्ठले २७८ मत प्राप्त गरेको निर्वाचन अायोगले जनाएको छ । संघीय समाजवादी फोरम नेपालका रामलाल श्रेष्ठले १९३ मत पाउँदा एकीकृत राप्रपा राष्ट्रवादीका कृष्णप्रसाद श्रेष्ठले १६५ भोट पाए । राष्ट्रिय जनता पार्टी नेपालका अर्जुन कुमार रञ्जितले १०८, राष्ट्रिय जनमोर्चाका गणेश बहादुर कुँवर १००, नेपाल संघीय समाजवादी पार्टीका टोकोल तामाङले ३८ मत पाउँदा स्वतन्त्र उम्मेदवार श्यामकृष्ण बस्नेतले २९ मत प्राप्त गरेको निर्वाचन अायोगले जनाएको छ ।