श्रीकृष्ण मा.वि. दहचोकका विद्यार्थीहरूलार्इ पुरानो नेपालको तस्वीर देखाइयो

पुरानो नेपालको तस्वीरहरू विद्यालय हातामा देख्न पाउँदा विद्यार्थीहरूले खुसी व्यक्त गरेका थिए । चन्द्रागिरि नगरपालिका, सनसाइन वेभरेज प्रा.लि, मनकामना दर्शन प्रालि लगायतको सहयोगमा फोटो प्रदर्शनी गरिएको अायोजक संस्थाले जानकारी दिएको छ । उक्त संस्थाले यसअघि चन्द्रागिरि का विभिन्न ६ विद्यालयमा निःशुल्क फोटो प्रदर्शनी गरिसकेको छ ।