डाक्टर गोविन्द केसीको आन्दोलन जनताको पक्षमाःकेसी

राेसन दानी
काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र वहादुर केसीले डाक्टर गोविन्द केसीको आन्दोलन जनताको पक्षमा रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा राष्ट्रिय जनमोर्चा प्रथम काठमाडौं महानगर सम्मेलनको उद्घाटन गर्दे अध्यक्ष केसीले मेडिकल माफियाहरूले काठमाडौंलाई मात्र नेपाल देख्ने र गरिवका छोराछोरीहरूलाई डाक्टर हुन वाट वञ्चित गर्नको लागि चलखेल गरेको पनि आरोप लगाउनुभयो । केसीले छिटो भन्दा छिटो डाक्टर गोविन्द केसीको माग पुरा गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै उहाले नेपालमा संघियता विदेशीको ग्राईन्डडिजाईन्डमा आएको भन्दै अहिले वैदेशिक हस्तक्षेप व्याप्त रहेको जिकिर गर्नुभयो । उहाले अहिलेको अवस्थामा मुलुकले संघियतालाई आर्थिक हिसावले पनि धान्न नसक्ने बताउनुभयो । उहाले भन्नुभयो “जनमोर्चाले प्रादेशीक ईकाइको नामकरण गरेको थियो , अहिले संघियतावादीले तिनै नाम कायम गर्दै छन्।”
उहाले काठमाडौंको फोहोरको डंगुर उठाउन नसकने सरकारले मेट्रो रेलको सपना देखाउनु हास्यास्पद भएको बताउनुभयो । “मेलम्चीको नाममा अरवौ खर्च भईसकेको र विदेशी प्रभुको इसारामा देश कति दिन चल्ने , विदेशहरूले यहको स्रोत साधन माथीको दोहन बन्द गर्नु पर्छ । ” उहाको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा ३ नम्बर प्रदेश समन्वय समितिका सदस्य आन्नद शर्माले पहिलेको भन्दा राष्ट्रियताको लडाई अहिले झन सशत्त,रूपमा अगाडि वढाउन आवश्यकत रहेको जिकिर गर्नुभयो । त्यस्तै प्रदेश ४ कि प्रदेशसभा सदस्य प्रिया थापा सुप्रभा यो सरकारले जनताको आधारभुत आवश्यकता पनि काम गर्न नसिकरहेको आरोप लगाउनुभयो । कार्यक्रममा राजमोका नेता समिर सिंह , ऋतु केसी लगाएतले मुलुक अझै पनि सोचे अनुरुप बिकासको बाटोमा अघि बढ्न नसको धारणा राखेका थिए ।