“संस्कृति जगेर्ना र खेलकुदका पुर्वाधार प्रमुख प्राथमिकतामा” धर्मनन्द श्रेष्ठ

चन्द्रागिरि ।
नेपाली काँग्रेसले प्रदेश नं. १० ख का लागि उम्मेदवार बनाएका धर्मनन्द श्रेष्ठले अाफुले चुनाव जिते नेवाः संस्कृति जगेर्नाका लागि विशेष कार्य योजना अघि सार्ने धारणा व्यक्त गरेका छन् । चन्द्रागिरि ८ मातातीर्थका स्थानीय श्रेष्ठ विगत २४ वर्षदेखी नेपाली काँग्रेसका विभिन्न संगठनहरूमा सक्रिय रहँदै अाएका छन् । चन्द्रागिरि क्षेत्रको पर्यटन विकास, युवा स्वरोजगार, कृषि तालिम, महिला लक्षित विभिन्न उपयोगी कार्यक्रम। पर्याप्त खेलकुदका पुर्वाधारहरू निर्माणमा अाफु केन्द्रित हुने बताउँछन्, सडक विस्तार, पुनः निर्माण, मुअाब्जा लगायतका समस्या समाधान गर्नका लागि अाफुलाइ मत दिन श्रेष्ठले मतदाता समक्ष अाग्रह गरेका छन् ।