“सडक सुधार र फोहोर व्यवस्थापनमा जोड दिन्छु” रमा अालेमगर

चन्द्रागिरि ।

अासन्न प्रदेश सभा निर्वाचनका लागि बाम गठबन्धनले ३ नं. प्रदेशको १० ख (काठमाण्डाै १० ख) मा नेकपा एमालेकी नेतृ रमा अालेमगरलार्इ उम्मेदवार बनाएको छ । विभिन्न समयमा नेकपाका एमालेको वर्गीय संगठनहरूमा क्रियाशिल हुँदै अाएकी अालेमगरले अाफुले प्रदेश सभाको निर्वाचनमा विजय हासिल गरेमा यस क्षेत्रको सडक सुधार, फोहोर व्यवस्थापन, एकिकृत चन्द्रागिरि पर्यटन मार्गको विकास र खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइन् । ग्रामिण विकास विषयमा स्नातकोत्तर चन्द्रागिरि नगरपालिका ३ की स्थानीय अालेमगरको राजनितिक जीवन वि.सं २०५१ बाट सुरू भएको हो । बामबगठबन्धकी उम्मेदवार अालेसँग विभिन्न दल र स्वतन्त्र गरि १४ जनाले उम्मेदवाहरूले प्रतिस्पर्धा गर्दैछन् ।