अपाङ्गता भएकाका लागि सहायक सामग्री प्रदान गर्न शिविर


अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरूलाई सहायक सामग्री प्रदान गर्न चन्द्रागिरि नगरपालिकामा बृहत्  शिविर सुरू भएको छ ।

नगरपालिकामा रहेको अपाङ्गता भएका व्यक्तिहरुको खोजी गरी उनीहरूलाई सहायक सामग्री प्रदान गरी अरु समान बनाउन मानब सामाजिक सेवा नेपालको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शारीरिक अपाङ्गता भएकाहरुको लेखाजोखा गरेर फिजियोथेरापी सेवा, सहायक सामग्री, कृत्रिम अङ्ग नापजाँच तथा वितरण र परामर्श सेवा प्रदान गर्न चन्द्रागिरि नगरपालिका र राष्ट्रिय अपाङ्ग कोषले प्राविधिक सहयोग गरेको छ ।

शिविरमा च.न.पा का प्रमुख घनश्याम गिरि, उप प्रमुख लिसा नकर्मी, वडा १२ का वडा अध्यक्ष प्रकास श्रेष्ठ, वेह्कल एकेडेमीका संचालक तथा समाज सेवी देवेन्द्र प्रधान, च. न. पा सामाजिक शाखाका रश्मी श्रेष्ठ र जनसमुदायको उपस्थित थिए।


Comments

comments