अब उपत्यकामा दिउँसो टिपर चलाउन पाइने

  • 28
    Shares

काठमाडौं, कात्तिक १४- काठमाडौं उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म प्रतिघण्टा ३५ किलोमिटरको दरले टिपर चलाउन पाइने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपी, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई ट्रक तथा टिपर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

विभिन्न योजना र आयोजनाको निर्माण कार्यमा अवरोध पुगेको भन्दै यो निर्णय गरिएको महाशाखाले जनाएको छ ।गत साउनदेखि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुँदै आएको ट्रक तथा टिपर आजदेखि कात्तिक मसान्तसम्मलाई दुई घण्टा बढाएर साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्तकुमार पन्तले जानकारी दिए ।


  • 28
    Shares

Comments

comments