अब साझा यातायातमा ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने


चन्द्रागिरि ।

साझा यातायाले अबदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क यात्रा गराउने भएको छ। ज्येष्ठ नागरिकका साथै, क र ख वर्गका अपाङ्गता भएकालाई पनि उपत्यका भित्र साझा यातायातका जुनसुकै बस चढ्दा भाडा तिर्नु नपर्ने साझाले जनाएको छ।

अहिले साझा यातायातका बसहरू काठमाडौं उपत्यकासहित बाहिर पनि जान्छन् । यसैबीच आफ्ना सबै गाडीमा अब स्मार्ट कार्डबाटै भाडा तिर्न सकिने व्यवस्था मिलाउने तयारी साझाले गरेको छ। अहिलेसम्म १० वटा गाडीमा मात्र यो सेवा उपलब्ध छ।

साझाले ल्याउने १२ डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि महानगरले ५ करोड रूपैयाँ उपलब्ध गराएको छ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रम माझ महानगरपालिकाले साझालाई उक्त रकम हस्तान्तरण गरेको हो



Comments

comments