आन्दोलनकारीले सडकमै भात पकाए


काठमाडौं, २२ माघ । नेपाल कम्युनष्टि पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले आज (विहीबार) देशव्यापी आमहड्ताल आव्हान गरेको छ । आमहड्तालका क्रममा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाललगायत शीर्ष नेताहरु सबै सडकमा उत्रिएका छन् ।

यता काठमाडौंको कोटेश्वर चोकको सडकछेउमा बन्द गराउनेलाई खाना पकाएर वितरण पनि गरिएको थियो । प्रदर्शनकारीले कोटेश्वरको सडकमै खाना पकाएका थिए, भने सडकमै बसेर खानासमेत खाएका थिए ।


Comments

comments