कीर्तिपुरमा प्लाष्टिकभित्र माटाे भरिएकाे नक्कली बम

  • 76
    Shares

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको बिहानैदेखि आज केही स्थानमा नक्कली/सक्कली बमकाे सन्त्रास फैलिएकाे छ ।

बिहान किर्तिपुरको नयाँबजारस्थित सडक छेउमा शंकास्पद वस्तु फेला परेको छ । बन्दलाई सफल पार्न विप्लब नेतृत्वको नेकपाले बम राखेको हुन सक्ने अनुमान गरिएको थियाे । बम रहेकाे हल्लालगत्तै नेपाल प्रहरीको टोलीले घेरा हालेकाे सुरक्षा दिएकाे थियाे ।

सेनाकाे बम विस्पोजल टोली घटनास्थलतर्फ गई डिस्पाेज गरिएकाे छ । तर उक्त बस्तु बम नभई तर्साउन राखिएकाे नक्कली बम रहेछ । शंकास्पद वस्तु डिस्पाेझ गर्दा अनुसार प्लाष्टिकको भाँडोभित्र माटो र तारमात्र राखिएकाे भेटिएको हाे ।


  • 76
    Shares

Comments

comments