चन्द्रागिरि नगरपालिका चेक्पोस्ट स्तिथ बेबि पाउरोटि कारखाना अगाडि मोटरसाइकल दुर्घटना

  • 4.7K
    Shares

काठमाडौं, ११ जेठ– काठमाडौंको चन्द्रागिरि नगरपालिका चेक्पोस्ट स्तिथ बेबि पाउरोटि कारखाना अगाडि सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको महानगरीय प्रहरी बृत्त थानकोटले जानकारी दिए ।

बिहान ११ बजे बा ९१ प ४२३९ र प्रदेश ३ ०२ ००३ प ७९२२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।

घाइते हुनेमा च.न.पा २ का बुद्ध लामा तामांग र च.न.पा ३ थानकोटका भरत रेले रहेको र दुवै मोटरसाइकल चालक रहेको बताइएको छ ।

घाइते भएको सामान्य रहेकाको र उनीहरुको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर: चिरन्जीवी महर्जन


  • 4.7K
    Shares

Comments

comments