चन्द्रागिरि ६ मा “वडाको काममा सहभागी बनौ राहत होइन पारिश्रमिक लिऔं” भन्ने अभियान शुरु


काठमाडौं,बैशाख ३१ ।चन्द्रागिरि नगरपालिका वडा नं ६ मा “वडाको काममा सहभागी बनौ राहत होइन पारिश्रमिक लिऔं” भन्ने अभियान शुरु भएको छ ।

वडाले वडा भित्र स्थायी/अस्थायी बसोबास भएका अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारी गरि खाने नागरिकहरु जसलाई यो लकडाउनको समयमा आय आर्जन नहुँदा हात मुख जोर्ने समस्या भएको छ। उनीहरुलाई भिडभाडग रि राहत बाढ्ने, खाना खुवाउने गर्दा झन् सङ्क्रमणको जोखिम बढ्ने सम्भावना भएकोले उनीहरुको स्वाभिमान पनि उठ्ने गरि वडा कार्यलयले समस्या ग्रस्त परिवारको एक सदस्यलाइ  हप्ताको दुइ दिन दैनिक ज्याला पाउने गरि वडाको विकास निर्माणको काममा लगाउने  प्रबन्ध गरेको छ।

नेपाल सरकार मन्त्रि परिषदको निर्णयबाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले चन्द्रागिरी नगरपालिका वडा नं ६ मा  उक्त अभियान संचालन  गरिएको वडा अध्यक्ष  संजय सिग्देलले बताए ।

‘नेपाल सरकारले तोके बमोजिमको राहत प्याकेज वितरण एक चरणमा गरिसक्यौँ’,अध्यक्ष सिग्देलले भने, ‘त्यो राहतले मात्र गुजारा चलाउन कठिनाइ हुने परिवालाई लक्षित गरि खाद्यन्न संकट टार्न सो कार्यक्रम सञ्चालन गरेका हौ ।’खाद्यन्न वितरण गर्दा वास्तविक पीडितहरु मारमा पर्ने र हुनेखानेहरु पनि माग्न आउने भएका कारण रोजगारीको सिर्जनाका लागि यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष सिग्देलले बताए । ‘हामीले पहिलो चरणमा वितरण गरेको खाद्यन्नले मात्रै पर्याप्त हुँदैन, लकडाउन लम्बिदै जाँदा मजदुरी गर्नेहरुका लागि यो कार्यक्रमले सघाउ पुर्याउने उनले बिश्वास ब्यक्त गरे ,

मागेर खानु भन्दा श्रम गरेर खानुमा आनन्द आउने भन्दै वडाको उक्त कदमको श्रमिकहरुले प्रसंशा गर्दै खुसि ब्यक्त गरेका छन्  ।


Comments

comments