चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने घोषणा


प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सरकारले आगामी ९ गतेदेखि २१ गतेसम्म सवै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गर्ने बताए।  अनिवार्य सेवा दिनुपर्ने कार्यालयबाहेक अन्य कार्यालय बन्द हुने बताए।

सम्वोधन गर्दै उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत्र १० देखि लामो दुरीका यातायात केही समयको लागि बन्द गरेको बताए।

नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि बन्द गरिएको छ। सीमाबाट भित्रिनेहरुका लागि कडा स्वास्थ्य जाँच हुने छ।


Comments

comments