थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४ पुग्यो

  • 177
    Shares

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।यसअघि  संक्रमणका कारण तीन जनाकाे मृत्यु भइसकेकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाराका ७० वर्षीय पुरुषको गत जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको थियो। पछि उनीबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उनले बताए।

ती व्यक्ति क्षयरोगबाट पीडित भएको जनाकारी पनि डा. देवकोटाले दिए।

साथै मन्त्रालयले थप छ जनामा कोभिड-१९ देखिएको सोमवार अपराह्ण पुष्टि गरेको छ। यसअघि बिहान मन्त्रालयले ७२ जनामा कोभिड-१९ पुष्टि गरेको थियो।

सोमवार कोभिड-१९ पुष्टि भएका मृतकसहित अब सङ्क्रमितको कुल सङ्ख्या ६८२ पुगेको छ।

अहिलेसम्म ११२ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।


  • 177
    Shares

Comments

comments