थानकाेट प्रहरीले एक कुईन्टल अवैध गाँजा फडानी ।


काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकाेट वाट गएकाे टाेलीले अवैध रुपमा लगाईएको गाजा खेती फडानी गरेको छ । चन्द्रागिरि नगरपालिका ६ पानीघाट स्थित मकै वारीमा अवैध रुपमा लगाईएको गाजा र शार्वजिनक स्थानमा उम्रिएकाे गाँजा फडानी गरेकाे हाे । प्रहरीले बिशेष सुराकीको आधारमा चन्द्रागिरि पानीघाट अासपास कसैले देख्न नसक्ने स्थानको करिव ५० रूपनी क्षेत्रफलमा लगाईएको अबैध लागु औषध गांजा खेती फडानी गरी नष्ट गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक अमृत वस्नेतको नेतृत्वमा गएको प्रहरी अपरेशन टोलीले ५० रूपनी क्षेत्रफलमा लगाईएको अबैध लागु औषध गांजा खेती फडानी गरी नष्ट गरेको प्रहरीले जनाएकाे छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक अमृत वस्नेतले प्रहरीकाे विशेष अप्रेसन अन्तर्गत करिव एक कुईन्टल गाँजा फडानी गरेकाे वताए ।

विगतका वर्षहरुमा समेत अवैध रुपमा लगाईने गरिएको गाजा खेती प्रहरीले बेला बेलामा नष्ट गर्दै आएको थियो । थानकाेट प्रहरीका अनुसार चन्द्रागिरिकाे वाडभञ्ज्याङ्ग मसिने ,दहचाेकाे झयाङ्गाझिटि,नैकाप,महादेवस्थान,पानीघाटमा लगाईकाे अवैध गाँजा नष्ट गर्दै जाने र घरवारीमा लगाउने विरूध विशेष निगरानी तथा कानुनी दायरामा ल्याउने तयारी भईरहेकाे प्रहरीले जनाएकाे छ ।


Comments

comments