पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

  • 180
    Shares

२६ असार, काठमाडौं । नेपालमा इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेल तीनै प्रकारका इन्धनको मूल्य प्रतिलिटर १-१ रुपैयाँले बढाएको हो।

निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।


  • 180
    Shares

Comments

comments