बाचौ र बचाउ भन्ने उदेश्य का साथ च न पा -१० मा रक्तदान कार्यक्रम सम्पन्न


रोग, शोक र भोग बाट कोहि पनि मर्नु नपरोस भन्ने उदेश्य का साथ चन्द्रागिरी नगर पालिका वोडा न १० स्थित “मित्रता युथ क्लब” ले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम को सभापतित्व क्लब का अध्यक्ष सन्जय कार्की ले गर्नु भयको थियो , कार्यक्रम का सहयोगी संस्था नमुना बस्ती सुधार समिती र सिम्चा फाट समाज च न पा- १०रहेका थिय। त्यस्तै कार्यक्रम मा च न पा का जनप्रतिनिधी भेष नाथ उपध्याय ज्यु र महानगरिय प्रहरी प्रभाग बल्म्बु को सहभागिता रहेको थियो। कार्यक्रम मा बोल्दै क्लब का अध्यक्ष सन्जय कार्की ले हाल संकट को घडी मा टेवा पुगोस भन्न का लागि सुरक्षा का सम्पुर्ण विधि अपनाइ कार्यक्रम सन्चालन गरेको बताउनु भयो र हाल को अबस्था मा यस्ता कार्यक्रम फलदाइ हुने बताए।

जनप्रतिनिधी (वोडा सदस्य)भेष नाथ आचार्य ले मुलुक संक्रमण मा गुज्रि रहेको बे ला यस्ता कार्यक्रम ले थप उर्जा मिल्ने बताउनु भयो। त्यस्तै सहयोगी संस्था हरु सिम्चा फाट समाज का अध्यक्ष तोक मान श्रेष्ठ र नमुना बस्ती सुधार समिती का अध्यक्ष सुरेन्द्र बाहादुर थापा ले यस्ता मानबिय सेवा का कार्यक्रम आगामी दिनमा पनि अझ तदरुक्ता का साथ अगाडि बढाउनु पर्ने मा जोड दिनु भयो। कार्यक्रम मा रेड्क्रस को सहयोग बाट ४० पाउन्ड ब्लड सन्कलन भएको थियो ।


Comments

comments