रक्तदान कार्यक्रम सम्पन्न

  • 64
    Shares

ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को आह्वानमा ब्लोदान चन्द्रागिरी नगर तथा जिल्लाको समन्वयमा चन्द्रागिरी नगरपालिका- ५ अवस्थित श्री जनकल्याण मा.वि. किपुल्चामा आकस्मिक रक्तदान कार्यक्रम सप्पन्न भयो । बिव्श्वब्यापी रुपमा कोरोना भाइरस ( कोविड-19) को प्रकोपले गर्दा बिरामीहरूको लागि रगत आपूर्तिमा असहज हुने कारणले गर्दा साथै ब्लड बैंकमा रगतको अभाव हुन नदिने हेतुले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा यस्तो विषम परिस्थितिमामा पनि ४५ जना रक्तदाताहरुले रक्तदान गरि सो कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको आयोजना EBF Nepal र गुरुजुधारा बचत तथा ऋण सहकारीको संयुक्त पहलमा भएको थियो । सो कार्यक्रम लकडाउनको समयमा ब्लोदान नेपाल अन्तर्गत आयोजित ६६ औं रक्तदान कार्यक्रम रहेको छ ।


  • 64
    Shares

Comments

comments