अाज साउन १५, खीर खाने दिन

चन्द्रागिरि ।

नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदैछन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।
झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको विश्वास गरिन्छ । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् ।