“ईट्टा उद्मोगमा काम गर्ने श्रमिकहरुलाई डेंगु रोग विरुद्घ अभिमुखिकरण तथा झुल वितरण कार्यक्रम सम्पन्न ।”

बाल विकास समाज, कपन काठमाण्डौ र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी र चन्दागिरी नगरपालिकाको समन्वयमा “ईटा उद्मोगमा रहेका बालबालिकाको उत्थानशिल बिकास परियोजना” ईटा उद्योगका श्रमिक र बालबालिकालाई लक्षित गरि संचालन भइरहेको छ । उक्त परियोजनाले बालश्रम अन्त्यको लागि नेपाल सरकारको गुरुयोजना अनुरुप नगरपालिकाको अगुवाईमा चेतनामुलक र रोगथाममुलक कार्यक्रमहरु संचालन गरिराखेको छ ।

उक्त परियोजना अन्र्तगत श्रमिक र बालबालिकाको स्वास्थलाई लक्षित गरि लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगबाट केहि हदसम्म बच्न र बचाउनको लागि लक्षित गरि कार्यरत स्थान जय मातृभूमि ईट्टा उद्मोग, ज्योती टायल ईट्टा उद्मोग,आदिनारायण ईट्टा उद्मोग, बाल कुमारी इट्टा उद्मोग, चुनदेवी ईट्टा उद्मोग र ओम हिमाल ईट्टा उद्मोगमा कार्यरत २०० परिवारलाई चन्दा्रगिरी नगरपालिकाको समन्वयमा झुल वितरण गरियो । सोही अवसरमा सम्वन्धित वडा स्वास्थ्य कार्यलयमा कार्यरत स्वास्थ्यकर्मीद्धारा डेंगु संग सम्वन्धित अभिमुखिकरण प्रदान गर्नुका साथै पर्चा वितरण पनि गरियो। सो कार्यक्रममा वडा प्रतिनिधि, बाल अधिकार समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, वल्र्ड भिजन इन्टरनेशनल नेपाल तथा बाल विकास समाजद्धारा झुल हस्तान्तरण गरियो।

“इट्टा उद्मोग वरिपरि खुल्ला स्थानमा बालबालिका सहित बसोबास गर्ने भएको हुदा हामीलाई डेंगुको भय थियो। झुल प्रदान गर्नुभएकोमा धन्यवाद।“ –होम बहादुर भण्डारी ( ज्योती टायल इट्टा उद्मोग)
“हामीले आज डेंगु रोग बारे बुझ्ने मौका पाएकोमा र झुल प्राप्त गरेकोमा खुशी लागेको छ। “–कल्पना मगर (जय मातृभूमि इट्टा उद्मोग)