एक लाख पुरस्कार पाएपछी टासिले भने सर्वनाम शिक्षालय बिर्सन सक्दिन ।

सर्वनामले दियो ४ जिपिए ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार  । सर्वनाम शिक्षालय जोरपाटीले ४ जिपिए ल्याउने विद्यार्थीलाई एक लाख बराबरको पुरस्कार प्रदान गरेको छ । एसइइ परिक्षामा सहभागी भएका सर्वनाम शिक्षालयका विद्यार्थी टासी  छिरिङ शेर्पाले रु ५०००० हजार नगद र रु पचास हजार बराबरको छात्रवृत्ति दिइएको हो । उक्त बिद्यालय अन्तर्गत रहेको सर्वनाम कलेजमा उनी अध्ययन गर्न चाहे उक्त रकम बराबरको छात्रवृत्ति पाउने छन ।

आज   बिद्यालय प्राङ्गणमा आयोजित एक समारोहका बिच उक्त पुरस्कार हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै गोकर्णेस्वर नगरपालिका वडा न ६ का वडा अध्यक्ष रमेश अर्यालले बिद्यालयले गरेको यो प्रगतिले समग्र गोकर्णेस्वर नगरपालिकाको लागि उदाहणीय बिद्यालय बन्न सफल भएकोमा बधाइ दिए । उनले भने यो बिद्यालयले गोकर्णेस्वर नगरपालिकाको उत्कृष्ट बिद्यालय बनेको छ , उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बिद्यालय परिवारलाइ हार्दिक बधाइ दिन चाहान्छु ।

साथै गोकर्णेस्वर नगरपालिका बाट समेत उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिने उनले बताए । पुरस्कर बितरण समारोहमा  बोल्दै प्रीन्सिपल दुर्गानाथ सिवाकोटीले स्कुल जसरी नतिजा ल्याउन सफल छ त्यतिकै राम्रो नतिजा ल्याएर सर्वनाम कलेजलाइ पनि उत्कृष्ट बनाउन हामी प्रतिबद्ध छौ । आगामी दिनमा विद्यार्थीको शैक्षिक उन्नतिका लागि हरेक राम्रा कार्यक्रम राख्न आफुहरु सधै लाग्ने बताए ।

राम्रा विद्यार्थी उत्पादन गर्न हरेक हप्ता विद्यार्थीको वृत्ति बिकास सग सम्बन्धित कृयाकलाप गरि पुरस्कृत गर्ने गरिएको बताए । ४ जिपीए ल्याउने टासी छिरिङ शेर्पाले सर्वनाम शिक्षालयमा पढ्न पाउनुमा आफू भाग्यमानी रहेको बताए । बिद्यालयमा हरेक प्रकारले उपयुक्त बाताबरण दिएर अध्ययन गराएकोले आफू सफल भएको बताए । उनले भने मैले सर्वनाम शिक्षालयलाइ कहिल्यै पनि बिर्सन सक्दिन ।