एरपोर्ट हुँदै कलंकीसम्म मोनोरेलको डिपिआर बनाईदै, एउटै रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिने

काठमाडौं । काठमाडौंमा मोने रेल चलाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने भएको छ । काठमाडौं महानगरपालिकाले साइमेक्स इंक कम्पनीले काठमाडौंमा मोनोरेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रारम्भिक सम्भाब्यता अध्ययनको रिपोर्ट काठमाडौं महानगरपालिकालाई गत साउमा बुझाएको थियो ।

मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ । रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ ।

साइमेक्सलाई पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म चल्ने मोनोरेलको डीपीआर तयार गर्न दिने निर्णय भइसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी गराएका छन् । यसको रुट तिलगंगाबाट सुरु भएर एरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म हुनेछ ।

आउँदो आइतबारसम्म यो रुटको मोनोरेलको लागि डीपीआर तयार गर्न सम्झौता हुनेछ । कार्कीका अनुसार यसमा महानगरपालिकाको एक रुपैयाँ पनि खर्च हुँदैन । साइमेक्सलाई डीपीआर गरेपछि निर्माण लागि टेण्डरमा जाने बताईको छ । साइमेक्सले यो रेललाई भविश्यमा कीर्तिपुरसम्म लम्ब्याउने सकिने रिर्पोट बुझाएको छ ।

साथै चक्रपथ परिक्रमाको रुटमा पनि मोनो रेल सञ्चालन गर्न पनि डीपीआर तयार गर्न अर्को कम्पनीलाई अनुमति दिने तयारीमा महानगरपालिका छ । अध्ययनअनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्ने र निर्माण सक्न २ वर्ष समय लाग्ने बताईएको छ ।