कलंकीमा साझा यातायात मुनि छिर्यो पल्सर बाइक

करिव १ बजे कलंकीबाट रत्नपार्कतर्फआउँदै गरेको गरेको बा ८६ प ३४९३ नम्बरको मोटरसाइकल सोहि दिशाबाटनै गुढीरहेको बा ४ ख ५६६५ नम्बरको साझा यातायातको यात्रुवाहक बससँग पछाडि पट्टीको भगमा ठोक्किँदा दुर्घटना भएको हो।

बसमा ठोक्किएको पल्सर मोटरसाइकलको आधा जस्तो भाग  साझको तल्लोभागमा छिरेको थियो । दुर्घटनाबाट मोटरसाइकल चालक सितापाइलाका १९ बर्षिय सुजन केसी सकुशल छन् भने मोटलसाइकलमा सामान्य क्षति पुग्न गएको छ ।

तिब्र गतिमा रहेको  मोटरसाइकल बालुवामा चिप्लिन पुग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीहरु जनाएका छन्।