कलंकी अण्डर पास वे निर्माणको काम अवरुद्ध

काठमाडौँ । कंलकीमा देखिएको अत्यधिक ट्राफिक जाम न्युनिकरण गर्ने लक्ष्यका साथ अघि बढाएइको कलंकी अण्डर पास वे निर्माणको काम अवरुद्ध भएको छ ।

निर्माण सामग्रीको अभावमा हाल निर्माणाधिन अवस्थामा रहेको अण्डर पास वे निर्माणको काम अवरुद्ध भएको हो ।

चीन सरकारको अनुदानमा निमाण भइरहेको कलंकीको अण्डर पास वे निर्माणका लागि आवश्यक पर्ने बालुवा उपलब्ध हुन नसक्दा समस्या देखिएको हो । कलंकीको खसी बजारदेखि बाफलसम्म ८ सय मिटरको सो अण्डर पास वे निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । सडक विभागका अनुसार करिब दुई सय टिप्पर वालुवा अभाव हुँदा निर्माणको काममा गतिरोध सिर्जना भएको छ ।

यसले गर्दा अझै पनि कलंकी अण्डर पास वे समयमै सञ्चालनमा आउने विषय अन्यौलपूर्ण देखिएको छ । कलंकीबाट बाहिर जाने र भित्रने सवारी साधनको चाप अहिले करिब २ देखि ३ घण्टासम्म जाम हुँदै आएको छ ।साभार:- खरीबोट