कलंकी थानकोट सडक अस्तव्यस्त, पिच सडक देख्नै मुस्किल, धुलो र जामले सास्ती

काठमाडौं,
कलंकी नागढुंगा सडक खण्डको अवश्था जिर्ण बन्दै गएपछि त्यस क्षेत्रमा सवारी जामको चाप बढ्दो रहेको छ । सडक पुननिर्माण कार्यले गति लिन नसक्दा दैनिक घण्टौँ सडक जाममा बस्नु पर्ने यात्रुको बाध्यता बनेको छ ।
दैनिक हुने घण्टौँको सवारी जामले राजधानीबासीहरु दिक्क भैसकेका छन् । अस्तव्यस्त सडकका कारण सडक जाममा घण्टौँ बिताउनु पर्दा राजधानी बासीको समय फजुलमा खर्च हुँदैछ । नागढुंगा थानकोट सडक खण्डमा हुने दैनिकको जाम त झन त्यसतर्फका यात्रुलाई दैनिक भोग्नु पर्ने सास्ति बनेको छ । वर्ष दिनअघि देखि पुननिर्माण कार्य सुरु गरेको सडकहरुको पुननिर्माण कार्य अझै पनि सम्पन्न हुन सकेको छैन । पानी पर्दा हिलोका कारण सडक जाम हुनु र घाम लाग्दा धुलाम्मे सडकमा यात्रा गर्नु राजधानीबासीको अहिलेको बाध्यता हो । झन कलंकि देखि थानकोट सम्मको सडकको दुरावश्था देख्दा राजधानीको सडकको पिडादायी अवश्था झल्किन्छ ।
कालोपत्रे सडकको नाम निशाना मेटिसकेको छ भने बाटो कच्चि रोड बनेको छ । राजधानी भित्रीने र बाहिरीने प्रमुख सडक खण्डको रुपमा रहेको नागढुंगा कलंकि सडक खण्डमा खाल्डाखुल्डि र धुलाम्मे सडकमा सवारी गुडाउन चालकलाई पनि हम्मे हम्मे पर्ने गरेको छ । यसैकारण पनि त्यस सडक खण्डमा दैनिक जामको चाप हुने गरेको छ । हरेक दिन घण्टौँ जाममा बस्नु पर्दा दैनिक जिवनमा नकरात्मक असर परेको छ ।