काठमाडौ स्मार्ट सिटीको प्रतिवेदन तयार, चार नयाँ शहर बन्ने

काठमाडौ । काठमाडौं उपत्यकाको चार कुनामा आगामी पाँच वर्षमा चारवटा नयाँ शहर निर्माण गर्न छानिएको परामर्शदाता कम्पनीले स्थलगत रिपोर्ट बुझाएको छ ।

सरकारले २०७४ साल २५ बैशाखमा राजधानीको चार कुनामा स्मार्ट सिटी निर्माण गर्ने निर्णय गरेको थियो । त्यसबेला मन्त्रिपरिषद् बैठकले काठमाडौ उपत्यकाको चारवटै कुनामा चारवटा स्मार्ट शहर विस्तार गर्ने निर्णय गरेको हो ।

शहरी विकास मन्त्रालयले सार्वजनिक क्षेत्रबाट १०० अर्ब र निजी क्षेत्रबाट ४०० अर्ब लगानी जुटाएर स्मार्ट सिटी बनाउने प्रस्ताव अघि बढाएको थियो । सरकारको निकै महत्वकाँक्षी कामका रुपमा रहेको यस आयोजना आगामी ५ वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

पाँच वर्षमा शहर नै तयार पार्नेगरि काठमाडौ उपत्यका विकास प्राधिकरणले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिरहेको छ । यो खबर  राजधानी दैनिकमा छापेको छ ।